logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कांग्रेस नेता आचार्यद्वारा डाेम समुदायकी छाेरीकाे विवाह गर्न आर्थिक सहयाेग


  • उज्यालो अभियान

ईश्वरपुर – नेपाली कांग्रेसका युवा नेता मनोज आचार्यले एक डाेम परिवारलाई छाेरीकाे विवाहका लागि आर्थिक सहयाेग गरेका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका-६, क्याम्पस टोल निवासी बेचु मल्ली डाेमलाई नेता आचार्यले आईतबार उनकाे घरमै १० हजार नगद सहयाेग गरेका हुन् । नेपाली कांग्रेस सर्लाहीको सभापतिका प्रत्यासी लक्ष्मण रायको चुनावी प्रचार प्रसारका क्रममा क्याम्पस टाेल पुगेका आचार्यले स्थानीय बेचु मल्ली डोमकी छोरी रुबी मल्लीको विवाहमा आर्थिक अभाव भएको सुनेपछि तत्कालै नगद सहयाेग गरेका हुन् ।

नेपाली कांग्रेस दिनदुःखी, विपन्न, वेसहारालाई सहयाेग गर्ने पार्टी भएकाे र आफू उक्त पार्टीकाे सिपाही भएकाे नाताले थाेरै भएपनि सहयाेग गरेकाे आचार्यले बचाए । ईश्वरपुर नगरपालिकाको भक्तिपुर निवासी आचार्यले यसरी विभिन्न सामाजिक काममा बाक्लै सहयोग गर्दै आइरहेका छन् ।

फाेटाे क्याप्सन : आर्थिक सहयाेग प्रदान गर्दै नेता मनाेज आचार्य । (तस्बिर : उज्यालाे अभियान)