logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बागमतीमा नमुना युवा संसद् अभ्यास प्रशिक्षण सुरु


  • उज्यालो अभियान

प्रशिक्षण कार्यक्रममा सहभागि युवायुवती । (तस्बिर : सरिता/उज्यालो अभियान)

सरिता सापकोटा/बागमती – सर्लाहीको बागमती नगरपालिकामा नमुना युवा संसद् अभ्यास सुरुभएको छ ।

बुधवार एक कार्यक्रमका बीच अभ्यासको उदघाटन गरिएको बागमती नगरपालिका शिक्षा शाखाले जनाएको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको आर्थिक सहयोगमा बागमती नपा शिक्षा शाखाको सभाहलमा ४ दिने प्रशिक्षण सुरु भएको हो । प्रशिक्षण कार्यक्रमको बागमती नगरपालिकाकी उप मेयर लिला कुमारी मोक्तानले उदघाटन् गरिन् ।

प्रशिक्षण कार्यक्रम मार्फत सहभागिहरुलाई संसदिय ब्यवस्था, स्थानीय सरकारको स्वरुपको बिषयमा सैदान्तिक सँगै प्रयोगात्मक अभ्यास समेत गराईंने नगरले जनाएको छ । स्थानीय सरकारको काम, कार्बाही तथा जनप्रतिनिधिहरुको भुमिकाका विषयमा उनीहरुलाई प्रष्ट पार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगर शिक्षा शाखाका प्रमुख मिन प्रसाद उपाध्यायले बताए ।

बागमती नगरपालिका शिक्षा शाखाका अनुसार कार्यक्रममा नगरका १२ वटै वडाबाट ३६ जना युवा युवतीहरु सहभागी भएका छन् । सहभागी युवा युवतीहरुलाई जनप्रतिनिधि निर्वाचित हुने ब्यवस्था देखी जनप्रतिनिधि छनौट सम्मका अभ्यास गराईने उल्लेख छ ।

१२ देखी २४ बर्ष उमेर समुहका युवा युवती सहभागी गराईएको कार्यक्रमको उद्घाटन समारोहमा बागमती नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दुर्गेन्द्र वली, नगरका ईन्जिनियर तथा योजना शाखा प्रमुख सागर पौडेल, शिक्षा शाखा प्रमुख उपाध्याय, महिला बालबालिका एवं जेष्ठ नागरिक शाखा प्रमुख शास्ता ढुंगेल, शिक्षा शाखाकी नविना थापा, ओम बहादुर कार्की, रंजना मगराती लगाएतको आतिथ्यता रहेको थियो ।