बागमती – सर्लाहीको बागमतीबाट शुक्रबार दुई जना फरार अभियुक्त पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय हरिवनको टोलीले कुटपीट मुद्दामा फरार रहेका अभियुक्तहरु बागमती नगरपालिका–२, का ४० वर्षीय विजय चौधरी र ३५ वर्षीया सुनिता देवी चौधरीलाई पक्राउ गरेको हो । उनीहरुलाई घरबाटै पक्राउ गरिएको हरिवन प्रहरीले जनाएको छ ।
हरिवन प्रहरीले यसरी विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई धमाधम पक्राउ गर्दै आइरहेको छ ।