सांकेतिक तस्बिर ।
हरिवन – परीक्षा दिन हिँडेका विद्यार्थी चढेकाे माेटरसाईकल दुर्घटना हुँदा तीनजना घाईते भएका छन् ।
हरिवनकाे सुखेपाेखरी स्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस केन्द्रमा परीक्षा दिन तीनजना विद्यार्थी चढेकाे माेटरसाईकल आईतबार बिहान साँढे ६ बजे दुर्घटनामा परेकाे हाे । तिव्रगतीमा रहेकाे प्र. २-०२-००१-७५८९ नम्बरकाे माेटरसाईकल हरिवन नगरपालिका-११ स्थित सशस्त्र प्रहरी बेस क्याम्प अगाडि पूर्व-पश्चिम राजमार्गमा पल्टिएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परि माेटरसाईकल चालक लालबन्दी नगरपालिका-७ निवासी २० वर्षीय अरविन्द साह र पछाडी सबार १९ वर्षीया अनुषा श्रेष्ठ, २१ वर्षीया सुजाता सिग्देल घाईते भएका हुन् । श्रेष्ठ र सिग्देलकाे नमूना अस्पताल हरिवनमा उपचार भईरहेकाे र माेटरसाईकल चालक साहलाई भने थप उपचारका लागि वीरगंज रेफर गरिएकाे ईलाका प्रहरी कार्यालय हरिवनले जनाएकाे छ । जनज्याेति क्याम्पस लालबन्दीमा अध्ययनरत उनिहरु स्नातक तह पहिलाे वर्षकाे परीक्षा दिन सुखेपाेखरीतर्फ जाँदै थिए ।