logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवन नगरपालिकामा प्रौढ शिक्षा प्रदान गरिदै


  • उज्यालो अभियान

हरिवन नगरपालिका कार्यालय । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिकामा विगत एक महिनादेखि निरक्षरता उन्मूलनका लागि प्रौढ शिक्षा कार्यक्रम सञ्चालन भईरहेको छ ।

हरिवन नगरपालिकामा निरक्षरता उन्मूलन कार्यक्रम अन्र्तगत प्रौढ शिक्षा प्रदान कार्यक्रम भईरहेको हो । यस कार्यक्रममा नगर भित्रको वडा नं ८,९,१० र ११ का छ सयजना निरक्षर प्रौढहरुलाई साक्षरताका लागि शिक्षा प्रदान गरिरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाबाट १५ जना महिला सहजकर्ताहरुलाई सात दिनको तालिम प्रदान गरी गत माघ २ गतेबाट चर्तुभुजेश्वर सामुदायिक सिकाई केन्द्र, सुखेपोखरीको समन्वयमा प्रौढ शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको हो । कार्यक्रम भईरहेको वडाहरुको विभिन्न १५ स्थानमा सिकाई केन्द्र स्थापना गरी सञ्चालन भईरहेको चार महिने कार्यक्रम आगामी वैशाख ३० गते समापन हुने सिकाई केन्द्र, सुखेपोखरीका सल्लाहकार माधव प्रसाद बरालले जानकारी दिए ।