logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बालगृहमा एमाले अध्यक्ष ओलीको जन्मदिन मनाइयो, खाद्यान्न सहयोग


  • उज्यालो अभियान

घुर्कौली – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बुधबार परेको जन्मदिनको अवसरमा सर्लाहीको घुर्कौलीस्थित बालगृहमा खाद्यान्न सहयोग गरिएको छ ।

एमालेका युवा नेता बिजय पुलामीले हरिवन नगरपालिका–५, स्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्व पीडित बालगृहमा खाद्यान्न सहयोग गरेका हुन् ।

आफूले बालगृहमा पुगी पार्टी अध्यक्ष ओलीको जन्मदिनको अवसर पारेर बालगृहमै केक काटेर जन्मदिन मनाउनुका साथै ५ बोरा चामल, अढाई कार्टुन तेल, दुई कार्टुन चाउचाउ र नुन प्रदान गरेको एमालेका युवा नेता पुलामीले बताए ।