logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवनलाई क्षयरोगमुक्त बनाउने तयारी


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका सभा हलमा स्थानीय तह स्तरीय क्षयरोगमुक्त नेपाल घोषणा कार्यक्रम सम्वन्धी चौमासिक समिक्षा बैठक बसेको छ

क्षयरोगमुक्त अर्थात (टिबीरोगमुक्त) नगरपालिका घोषणा गर्ने अभियान अन्तर्गत मेयर गणेश प्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्य शाखाका संयोजक शशीकान्त सिंह, स्वास्थ्य चौकीका इन्चार्जहरु, सञ्चारकर्मी लगायतको उपस्थितिमा मंगलबार बैठक बसेको हो । बैठकले हरिवन नगरपालिकालाई क्षयरोगमुक्त बनाउने अभियानलाई सबैबीच समन्वय गरेर अघि बढाउने निर्णय भएको छ ।

बैठकमा बागमती सेवा समाज नेपालका क्षयरोग परियोजनाका जिल्ला संयोजक अमजाद अली मिकरानीले क्षयरोग के हो ?, हरिवन नगरपालिका तथा जिल्लाभर क्षयरोगको अवस्था कस्तो छ ?, क्षयरोगमुक्त पालिका कसरी घोषणा गर्ने ? लगायतका सम्वन्धमा प्रस्तुतिकरण राखेका हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक रामबाबु चौधरीले जानकारी दिए । उनका अनुसार हरिवनमा टिबीका ६४ जना बिरामी फेला परेकोमा हाल उनीहरु सबैको उपचार चलिरहेको छ ।

फाेटाे क्याप्सन : कार्यक्रममा बाेल्दै मेयर गणेश प्रसाद प्रसाईं । (तस्बिर : उज्यालाे अभियान)