logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

चन्द्रनगरमा अवकाश प्राप्त कर्मचारी सम्मानित


  • उज्यालो अभियान

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा विभिन्न सरकारी सेवामा कार्यरत रही अवकाश प्राप्त गरेका ६८ जना पूर्व सरकारी कर्मचारीलाई सम्मान गरिएको छ ।

गाउँपालिका कार्यालयले पूर्व शिक्षक, पूर्व प्रहरी, पूर्व निजामती कर्मचारी लगायतलाई मंगलबार दोसल्ला ओढाएर मायाको चिनो स्वरुप एक/एक थान डायरी र कलम प्रदान गरी सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो, उपाध्यक्ष विणादेवी साह, प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङ लगायतले अवकाश प्राप्त पूर्व कर्मचारीहरुलाई सम्मान गरेका गाउँपालिका कार्यालयले जनाएको छ ।

सेवामा रहँदा पुर्याएको योगदानको कदर गर्दै गाउँपालिकाभरीका सबै अवकाश प्राप्त सरकारी कर्मचारीलाई एकै ठाउँमा भेला पारेर सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष महतोले बताए ।
फोटो क्याप्सन : अवकाश प्राप्त कर्मचारीलाई सम्मान गरिँदै । (तस्बीर : उज्यालो अभियान)