लालबन्दी – नेपाली कांग्रेस मधेस प्रदेश समितिका सदस्य ध्रुब रिजालले सर्लाहीको लालबन्दी नगरपालिका–९, बस्तीपुरमा १५३ परिवारलाई चामल वितरण गरेका छन् ।
लालबन्दी नगरपालिका–५, रन्जितपुर निवासी रिजालले वडा नं. ९ का अतिविपन्न १५३ परिवारलाई २० किलोको एक/एक बोरा चामल आईतबार बाँडेका हुन् । मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा विपन्न परिवारलाई चामल वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री सिंहले विपन्न र गरिबलाई माया गर्ने एक मात्रै पार्टी कांग्रेस मात्रै भएकाले आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गरेर बिजयी गराउन आग्रह गरे । कांग्रेस नेता रिजालले केही साताअघि आफ्नै गाउँ लालबन्दी–५, मा चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरेका थिए । आर्थिक अवस्था कमजोर रहेका दिवंगत व्यक्तिका परिवारलाई आर्थिक सहयोग समेत गर्दै आइरहेका रिजालले आगामी दिनमा लालबन्दीको वडा नंं. १ देखि १७ सम्म नै सामाजिक सेवाका काम गर्ने बताएका छन् ।
फाेटाे क्याप्सन : चामल वितरण गरिदैं । (तस्बिर : उज्यालाे अभियान)