logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सशस्त्रद्वारा बेवारिसे ट्रक र किराना सामान बरामद्


  • उज्यालो अभियान

गैर – सशस्त्र प्रहरी बलकाे गस्ती टाेलीले किराना सामान बरामद् गरेकाे छ ।

सशस्त्र प्रहरी बल नेपालकाे कबिलासी स्थित १० नम्बर गणबाट सप्रसनि रामकेवल रायको कमाण्डमा खटिएको गस्ती टोलीले शनिबार कविलासी नपा-८ गैर बजार स्थित नवलपुर-मलंगवा सडकखण्डमा वेवारिसे अवस्थामा रोकी राखेको बा. ३ ख ७३३६ नम्बरको खाने पानी बोक्ने मिनि ट्रकमा किराना सामान फेला पारेकाे हाे । ४५ कार्टुन पानीको बोतल र १५ वटा खाली जारले छाेपेर राखेकाे अवस्थामा १ लाख २१ हजार ७८० रूपैंया बराबरको किराना सामानहरु तथा १५ लाख मुल्य बराबरको मिनी ट्रक आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय बुझाईएकाे सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापाले जानकारी दिए । उक्त किराना सामान भन्सार छली गरेर भारतबाट ल्याईएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

फाेटाे क्याप्सन : पानीकाे जार र बाेतलले छाेपेर राखिएकाे किराना सामान सहितकाे ट्रक । (तस्बिर साैजन्य : सशस्त्र प्रहरी बल)