logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

भाग्यलक्ष्मीले दिईन् वृद्दाश्रमलाई १ लाख


  • उज्यालो अभियान

जुटपानी – महाेत्तरीकाे बर्दिवास नगरपालिका-५, गडन्ता निवासी भाग्यलक्ष्मी कार्कीले लालबन्दी नगरपालिका-२, जुटपानी स्थित वृद्दाश्रमलाई १ लाख नगद सहयाेग गरेकी छिन् ।

स्वर्गीय छाेरी सुनिता कार्कीकाे स्मृतिमा भाग्यलक्ष्मीले जुटपानी स्थित पद्म-भूवनेश्वरी नमूना वृद्द सेवाश्रम संचालनका लागि स्थापित अक्षयकाेषमा राख्नका लागि १ लाख प्रदान गरेकी हुन् । आश्रमकी अध्यक्ष भवानी काेइराला, संरक्षक बाशुदेव शरण काेइराला लगायतलाई वृद्दाश्रममै आयाेजित नगद हस्तान्तरण कार्यक्रममा तारा कुमार कार्की, सन्तोष कार्की लगायतकाे समेत उपस्थिती थियाे ।

नेपाली कांग्रेसका युवा नेता हरिवन निवासी निराेज कार्कीकाे पहलमा वृद्दाश्रमलाई नगद सहयाेग प्राप्त भएकाे उल्लेख गर्दै आश्रमकी अध्यक्ष काेइरालाले मनकारी सहयाेगी परिवारप्रति हार्दिक आभार प्रकट गरिन् ।

फाेटाे क्याप्सन : आश्रममा पुगेर नगद प्रदान गर्दै भाग्यलक्ष्मी कार्की (नमस्कार गरिरहेकी) लगायत । (तस्बिर : उज्यालाे अभियान)