लालबन्दी – भिमेश्वर गुठीले सर्लाहीको लालबन्दी नगरपालिका-१०, तुलसी टोलमा शनिबार ८० वर्ष नाघेका १० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
गुठीले वार्षिक भोज कार्यक्रमको अवसर पारेर स्थानीय बयोवृद्धवृद्धाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । सोही अवसरमा गुठीका जग्गादाता लक्ष्मण श्रेष्ठ र उनकी पत्नी सुनमाया श्रेष्ठलाई समेत दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको छ ।
त्यस्तै, स्थानीय बिरामी प्रेमबहादुर श्रेष्ठलाई १५ हजार रुपैयाँ बराबरको चामल, दाल लगायतका खाद्यान्न प्रदान गरिएको भिमेश्वर गुठीले जनाएको छ । पूर्वमन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा लालबन्दी नगरपालिका-१०, का वडाध्यक्ष टोपबहादुर श्रेष्ठको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
फाेटाे क्याप्सन : कार्यक्रममा सम्मान गर्दै कांग्रेस नेता एवं पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ । (तस्बिर : उज्यालाे अभियान)