बागमती – नेपाल मगर संघ मधेस प्रदेश समितिको बैठक शनिबार सर्लाहीको बागमती नगरपालिका-१, मिलन चौक मगर गुम्बामा सम्पन्न भएको छ ।
बैठकले मधेस प्रदेशका ८ जिल्लाका विभिन्न बस्तीमा मगर समुदायको जीवन स्तर उकास्न मगर संघले दर्ता गरेको कृषि फर्म मार्फत कृषि, व्यापार लगायतका क्षेत्रमा लगानी गरी काम गर्ने निर्णय भएको नेपाल मगर संघ सर्लाहीका अध्यक्ष तेजनारायण आले मगरले जानकारी दिए । नेपाल मगर संघ मधेस प्रदेशका अध्यक्ष यमबहादुर खपांगी मगरको अध्यक्षतामा बसेको बैठकमा सल्लाहकार नारायण खपांगी मगर, पूर्व प्रदेश अध्यक्ष लेखराम जर्गा मगर लगायतको उपस्थिति रहेको थियो ।