logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

माछा बाेक्ने पिकअप भ्यानमा गाँजा ´तस्करी`


  • उज्यालो अभियान

नवलपुर – माछा बाेक्ने जीपमा गाँजा ओसारपसार हुने गरेकाे खुलासा भएकाे छ । शनिबार बिहान लालबन्दी नपा-१ नवलपुर स्थित पूर्व-पश्चिम राजमार्गमा चेकजाँच गर्दा माछा बाेक्ने जीपमा ठूलाे परिमाणमा लागूआैषधकाे रुपमा प्रयाेग हुने गाँजा बरामद् भएकाे हाे ।

पश्चिम बाट पुर्व तर्फ जाँदै गरेको प्र. ३-०१-०२४ च ७५९१ नम्बरको माछा बोक्ने योद्दा पिकअप भ्यानमा ईलाका प्रहरी कार्यालय नवलपुरकाे टाेलीले १ क्विन्टल २६ किलाे गाँजा बरामद् गरेकाे छ । विशेष सुराकीको आधारमा प्रहरी टोलीले उक्त गाडी रोकेर चेक जाचँ गर्दा जिउँदाे माछा राख्ने पहेँलो ड्रम भित्र गाँजा बरामद् भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकृत प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

प्रहरीले पिकअपका चालक धादिङ सिदुलेख गापा-६ निवासी २२ वर्षीय सुरेन्द्र बि.क. तथा सोहि गाडीमा सवार मकवानपुर कैलाश गापा-२ निवासी ४८ वर्षीय भिमलाल मोक्तानलाई समेत नियन्त्रणमा लिएकाे छ । पीकअप भ्यान, गाँजा, २ थान माेबाईल सेट र नगद ८५ हजार रूपैैंया समेत बरामद् गरेर कार्बाही प्रकृया अगाडि बढाईएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

फाेटाे क्याप्सन : गाँजा सहित प्रहरीले नियन्त्रणमा लिएका अभियुक्तहरु । (तस्बिर साैजन्य : जिल्ला प्रहरी कार्यालय मलंगवा)