हरिवन – नेपाली कांग्रेस सर्लाहीका नेता एवं प्रजातन्त्र सेनानी खड्गबहादुर कार्कीको निधनप्रति प्रधानमन्त्री एवं कांग्रेस केन्द्रीय सभापति शेर बहादुर देउवाले श्रद्दाञ्जली व्यक्त गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्ण प्रसाद पाैडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री समेत रहेका पार्टी केन्द्रीय सभापति देउवाले स्व. कार्कीप्रति श्रद्दाञ्जली व्यक्त गर्दै शाेक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नाे तर्फबाट गहिराे समवेदना प्रकट गरेकाे उल्लेख गरेका छन् ।
´नेपाली कांग्रेस सर्लाहीका नेता एवं प्रजातन्त्र सेनानी खड्गबहादुर कार्कीको फागुन ५ गते निधन भयो । सर्लाही हरिवन–११ निवासी स्वर्गीय कार्कीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ ।` विज्ञप्तिमा भनिएकाे छ, ´उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।