logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

प्रजातन्त्र दिवसका अवसरमा सशस्त्रद्वारा सरसफाई


  • उज्यालो अभियान

सशस्त्र प्रहरी बल नेपालको १० नम्बर गण कबिलासीमा शुक्रबार सरसफाई गर्दै सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – प्रजातन्त्र दिवसका अवसरमा सशस्त्र प्रहरी बलले शुक्रबार आ–आफ्ना कार्यालय आसपास सरसफाई गरेको छ ।

कबिलासीको अगर्वा स्थित सशस्त्र प्रहरी बल १० नम्बर गण कार्यालय सहित जिल्लाभरका सशस्त्र प्रहरी बेस क्याम्प, बोर्डर आउटपोष्ट, चेकपोष्ट लगायत स्थान आसपास सरसफाई गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरीका सुरक्षाकर्मीले कार्यालय भित्र र आसपासमा देखिएका फोहोर तथा झारपात समेत हटाएका हुन् ।

गृह मन्त्रालयको परिपत्र अनुसार केही दिनअघि जिल्ला प्रशासन कार्यालय मलंगवाले पनि राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ फागुन ६, ७ र ८ गते तीन दिनसम्म हर्षोल्लासपूर्वक भव्यताका साथ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भन्दै जिल्ला स्थित सरकारी कार्यालयहरुमा सूचना जारी गरेको थियो । जारी सूचना अनुसार जिल्ला स्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवं सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकायहरुमा राष्ट्रिय झण्डा फहराउने, सार्वजनिक निकाय र स्थलहरुको सरसफाई गरी सम्भाव्य स्थानहरुमा राष्ट्रिय झण्डा राखी सजावट सहित सौन्दर्यकरण अभिवृद्धि गर्ने, स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमहरुबाट राष्ट्रिय प्रजातन्त्र दिवससँग सम्बन्धित सन्देशमूलक एवं संम्वाद कार्यक्रमहरु सञ्चालन गर्न अनुरोध गर्ने, फाल्गुन ६, ७ र ८ गते साँझ जिल्ला स्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवं सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकाय र जिल्लावासीहरुका घर घरमा समेत दीपावली गर्ने, दिवस केन्द्रित विभिन्न साँस्कृतिक, साहित्यिक, शैक्षिक क्षेत्र सम्बद्ध सिर्जनात्मक तथा रचनात्मक प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना तथा सञ्चालन गर्ने तथा स्थानीय तहहरु र राष्ट्रिय खेलकुद परिषद् समेतको समन्वयमा विविध खेलकुद प्रतियोगिता कार्यक्रम आयोजना तथा सञ्चालन गर्ने भनिएको छ ।