रानिगंज – सर्लाहीको लालबन्दी नगरपालिका-१७, मा बिहीबार ९ जना कृषकलाई कृषि सामग्री वितरण गरिएको छ ।
ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्दि) को लैंगिक कार्य सिकाई पद्दति (गाल्स) को बिहीबार भएको सार्वजनिक सुनुवाई कार्यक्रमकोे क्रममा कृषकहरुलाई कृषी सामग्री वितरण गरिएको हो । गाल्स अन्तर्गत सपना सहयोग कोषबाट प्राप्त ३ लाख ९ हजार रुपैँया बराबरको कृषि सामग्री सिर्जना प्रगतिशिल कृषक समूहका ९ जना सदस्यलाई वितरण गरिएको कार्यक्रमकी सहजकर्ता बिना विष्टले जानकारी दिईन ।
मिलन योञ्जनको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १७ का वडा अध्यक्ष नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिमला विक, सिमा बराईली, निरमाया विक, अस्मीता कुमारी विक, सबनम विक, मंगलीमाया विक, रिता स्याङतान, अप्सरा आले मगर र माया बज्जु तामाङ्लाई प्रति व्यक्ति ३८ हजार रुपैँया बराबरको कचियाँ, खुर्पी, फुल्झारी, पानी ट्यांकी, पानी पटाउने पाईप लगायतको सामग्री वितरण गरिएको कार्यक्रमकी सहजकर्ता विना विष्टले बताईन् । कार्यक्रममा समृद्धि आयोजनाका गाल्स अधिकृत आलोक कर्ण, रुपा पाठक, कृषक समूहका सदस्य लगायतको सहभागिता रहेको थियो ।