logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

आगलागीबाट लाखाैंकाे क्षति


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

हरिपुर – सर्लाहीको दुई अलग–अलग स्थानमा विद्युत् सर्ट भएर आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

बुधबार साँझ जिल्लाको हरिपुर नगरपालिका–३, फरहरदवामा स्थानीय राधेश्याम ठाकुरले सञ्चालन गरेको दाल फ्याक्ट्रीमा आगलागी हुँदा पाँच लाख ४० हजार रुपियाँ बराबरको क्षति भएको पीडितले बताएका छन् । आगलागीमा परेर एक लाख बराबरको मेसिन, २० हजार बराबरको कराही, दुई लाख बराबरको तेल, एक लाख ५० हजार बराबरको कच्चा पदार्थ र ७० हजार बराबरको बाँसको छाप्रो जलेर नष्ट हुँदा पाँच लाख ४० हजार रुपियाँ बराबरको क्षति भएको हो ।

बुधबार साँझ ७ बजेतिर भएको आगलागी स्थानीयवासी र प्रहरी मिलेर करिव आधा घण्टापछि निभाएका थिए । यस्तै, बागमती नगरपालिका–४, मा स्थानीय देवराज सिङतानको एक तले फुसको घरमा बुधबार विद्युत् सर्ट भएर आगलागी भएको छ । आगलागीबाट घरसहित घरभित्रका सरसामग्री जल्दा दुई लाख रुपियाँ बराबरको क्षति भएको पीडितले बताएका छन् ।

बुधबार दिउँसो ३ बजेपछि भएको आगलागी स्थानीयवासी र अस्थायी प्रहरी पोष्ट जिरायतबाट खटिएका प्रहरी मिलेर आधा घण्टापछि नियन्त्रणमा लिएका थिए ।