logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

नगर विकास कोषद्वारा हरिवन नगरपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिकालाई नगर विकास कोष नयाँ बानेश्वर, काठमाण्डौंले उत्कृष्ट नगरपालिकाको रुपमा छनौट गर्दै सम्मान गरेको छ ।

नगर विकास कोषको सोमबार काठमाण्डौंमा मनाइएको ३४ औँ वार्षिकोत्सव समारोहमा कोषको लगानीमा निर्माण भएका आयोजनाहरुमध्ये सफल कार्यान्वयन तथा व्यवस्थापन गरेको भन्दै हरिवन नगरपालिकालाई कदर–पत्र प्रदान गर्दै सम्मान गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेललाई कदर–पत्र प्रदान गरिन् ।

नगर विकास कोषको लगानीमा हरिवन नगरपालिका–११, स्थित बजारमा सुविधा सम्पन्न व्यावसायिक भवन निर्माण गरिएको छ भने अन्य योजनाहरु पनि सञ्चालनमा रहेका उपमेयर पौडेलले बताईन् । यसअघि नगर विकास कोषको ३३ औँ वार्षिकोत्सव समारोहमा जिल्लाकै लालबन्दी नगरपालिकालाई गत वर्ष उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान गरिएको थियो ।