logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कालिन्जोरमा तरुण दल र महिला संघको वडा समिति गठन


  • उज्यालो अभियान

कालिन्जोर – सर्लाहीको ईश्वरपुर नगरपालिका-१२, कालिन्जोरमा शनिबार नेपाली कांग्रेस निकट नेपाल तरुण दल र नेपाल महिला संघको वडा समिति गठन गरिएको छ ।

कांग्रेस वडा समितिका सभापति महेश बरालको अध्यक्षतामा भएको भेलाले नेपाल तरुण दल र नेपाल महिला संघको १७/१७ सदस्यीय वडा समिति चयन गरेको हो । तरुल दलको वडा सभापतिमा उमेश राशकोटी, उपसभापतिमा श्याम पाख्रिन, सचिवमा सुरज घिमिरे, त्यसैगरी महिला संघको वडा सभापतिमा शान्ता चौहान, उपसभापतिमा रीता कोइराला, सचिवमा गंगा कार्की लगायत अन्य सदस्यहरु चयन भएका छन् ।