फाईल तस्बिर
जुटपानी – सर्लाहीको लालबन्दी नगरपालिका-२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा शनिबार एक परिवारले मिष्ठान्न भोजन गराएको छ ।
लालबन्दी नगरपालिका–७, निवासी स्वर्गीय प्यारासिंह चौहानको वार्षिक पुण्य तिथी (श्राद्ध) मा उनकी श्रीमती लालकुमारी चौहान, छोरा शिव चौहान, छोरीहरु उषा र रुपाले शनिबार बिहान आश्रममै आएर त्यहाँ आश्रीत वृद्धवृद्धालाई बिहानको एक छाक भोजन गराउएको आश्रमी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।