logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हात्ती आक्रमणबाट मृतकका परिवारलाई दश लाख राहत


  • उज्यालो अभियान

श्रीनगर – सर्लाहीमा केही महिनाअघि जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका दुई जनाको परिवारलाई राहत स्वरुप १०/१० लाख रुपैयाँ प्रदान गरिएको छ ।

गएको असार, साउनमा हात्तीले आतंक मच्चाउँदा हात्तीको आक्रमणमा परी ज्यान गुमाएका ईश्वरपुर नगरपालिका–१३ श्रीनगरका रामाशिष महतो कोइरी र हरिवन नगरपालिका–४, सासापुरकी तेतरी धुनियाइनको परिवारलाई जनही १०/१० लाख रुपैयाँ प्रदान गरिएको हो । रामाशिषकी श्रीमती सियावती र तेतरीकी बुहारी नजिरा खातुनलाई डिभिजन वन प्रमुख सन्तोष कुमार झासहित घरमै पुगेर राहत रकम प्रदान गरिएको डिभिजन वन कार्यालय सर्लाहीका सहायक वन अधिकृत साजन चौधरीले जानकारी दिए ।

उनले विभिन्न प्रक्रिया पूरा गर्दा समय लागेकाले पीडित परिवारलाई केही महिना ढिलो गरी राहत रकम उपलब्ध गराइएको बताएका छन् । गएको असार, साउनको बेला ईश्वरपुर, लालबन्दी र हरिवन नगरपालिकाको विभिन्न क्षेत्रमा जंगली हात्ती आएर आतंक मच्चाएका थिए ।