नयाँराेड – नेपाल प्रहरी सर्लाही प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंले आफ्ना स्वर्गीय पिताकाे स्मृतिमा हरिवनकाे नयाँराेड स्थित मानव सेवा आश्रममा सहयाेग गरेका छन् ।
बुधबार साँझ एसपी प्रसाईं र उनकी पत्नी भावना प्रसाईं आश्रममै पुगेर स्व. बद्री प्रसाईंकाे ६ महिने पुण्यतिथि पारेर आश्रमलाई नगद ११ हजार रुपैंया प्रदान गरेका हुन् । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम तथा ज्ञानु गौतम, सशत्र प्रहरी उपरीक्षक भरत खनिया तथा आदरणीय प्रगती खनिया, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक चन्दन कुमार झा, अनुराधा पौडेल ज्यु, मानवसेवा आश्रमकाे अभिभावकहरुकाे उपस्थिती रहेकाे थियाे । उनिहरुले आश्रममा आश्रितहरुलाई भाेजन समेत गराएका थिए ।
त्यस्तै हरिवन निवासी प्रेम मैनाली र रेखा थापा मैनाली दम्पतिले आफ्नो छोरी रेस्मा मैनालीको जन्मदिनको अवसरमा बुधबार नै मानव सेवा आश्रममा आश्रित सडक मानवहरुलाई भोजन गराएका छन् ।
मानव सेवा आश्रमकाे मधेश प्रदेश स्तरीय आश्रममा ६० जना भन्दा बढी सडक मानवहरु आश्रित रहेकाे आश्रमकी संयाेजक सम्झना अधिकारीले बताईन् ।
फाेटाे क्याप्सन : मानव सेवा आश्रमकी संयाेजक सम्झना अधिकारीलाई नगद प्रदान गर्दै प्रहरी उपरीक्षक कृष्ण प्रसाईं । (तस्बिर : उज्यालाे अभियान)