logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिपूर्वामा ३२० परिवारलाई कम्बल वितरण


  • उज्यालो अभियान

हरिपूर्वा नगरपालिका कार्यालय ।

हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं. ५ मा मंगलबार चिसोबाट प्रभावित भएका ३२० परिवारलाई कम्बल वितरण गरिएको छ ।

वडा कार्यालयले एकल महिला, ज्येष्ठ नागरिक, दलित र पूर्ण अपाङ्गता भएका गरी जम्मा ३२० जनालाई कम्बल वितरण गरेको हो । नगरप्रमुख सियाराम रायको प्रमुख आतिथ्यतामा ज्येष्ठ नागरिक बलदेव ठाकुरलाई कम्बल वितरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको हरिपूर्वा नगरपालिका ५ का वडाध्यक्ष विजयकुमार यादवले जानकारी दिए । उनले कोरोना भाइरस संक्रमणलाई ख्याल गरी पालैपालो वडा कार्यालयमै बोलाएर कम्बल वितरण गर्ने काम भइरहेको बताए ।