logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अत्रौलीमा भएको शिविरबाट ९१ जना महिला लाभान्वित


  • उज्यालो अभियान

अत्रौली – सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीस्थित स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरबाट ९१ जना महिला लाभान्वित भएका छन् ।

प्रजनन स्वास्थ्य रुग्णता सेवा अन्तर्गत मंगलबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण भेगमा पर्ने अत्रौलीका महिलाहरु लाभान्वित भएका हुन् । शिविरमा स्वास्थ्य जाँच गरिएका ९१ महिलामध्ये ९ जनामा पाठेघरको क्यान्सर, ३० जनामा यौन रोग, २ जनाको पाठेघर आंग खसेकोमध्ये एक जनामा रिंङ राखिएको र १३ जनाको वेष्ट क्यान्सर स्क्रिनिङ गरिएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक रामबाबु चौधरीले जानकारी दिए ।

उनका अनुसार शिविरमा वीरगञ्जबाट आउनुभएकी स्त्री रोग विशेषज्ञ डाक्टर लक्ष्मी थापाले महिलाहरुलाई स्वास्थ्य सेवा प्रदान गरेकी थिईन् । शिविरमा औषधि समेत निःशुल्क बाँडिएको थियो ।

हरिवन नगरपालिका–२ का वडाध्यक्ष अर्जुन महतोको अध्यक्षता तथा उपमेयर रेणुका कुमारी पौडेलको प्रमुख आतिथ्यतामा आयोजित स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा नगरपालिकाका उपसचिव नवराज निरौला, स्वास्थ्य शाखाका संयोजक शशीकान्त सिंह, सासापुर स्वास्थ्य चौकीका डाक्टर बिजय साह लगायतको उपस्थिति रहेको थियो ।