logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा मुसहर समुदायकाे नेतृत्व चयन


  • उज्यालो अभियान

चन्द्रनगर – नेपाल राष्ट्रिय मुसहर संघ सर्लाहीको नयाँ नेतृत्व चयन भएको छ ।

सोमबार चन्द्रनगर गाउँपालिका–४, पोखरियामा सम्पन्न भेलाले २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको अध्यक्षमा ऋतुराज ऋषि, उपाध्यक्षमा पारोदेवी माझी र इन्दल माझी, सचिवमा दीपेन्द्र माझी, कोषाध्यक्षमा सोनिया माझी लगायत अन्य सदस्यहरु चयन भएका छन् । भेलामा नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय उपाध्यक्ष शिव सदा, केन्द्रीय महासचिव रामस्वरुप सदा, केन्द्रीय सचिव पाचु माझी, केन्द्रीय कोषाध्यक्ष तेजनारायण सदा लगायतको आतिथ्यता रहेको थियो ।

नेपाल राष्ट्रिय मुसहर संघको आंकडा अनुसार सर्लाहीमा २० हजार बढी मुसहर समुदायको बसोवास रहेको छ ।