logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

घुर्काैलीकाे द्वन्द्वपीडित बालगृहमा सहयाेग


  • उज्यालो अभियान

घुर्कौली – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा रहेको द्वन्द्वपीडित बालगृहमा आर्थिक सहयोग प्राप्त भएको छ ।

बाराको जितपुर–सीमरा उपमहानगरपालिका निवासी मनिष श्रेष्ठ र सविना श्रेष्ठकी छोरी स्वर्गिय मेरिना श्रेष्ठको जन्मदिनको अवसरमा सोमबार बालगृहमा आर्थिक सहयोग प्राप्त भएको हो । स्वर्गिय मेरिनाकी हजुरआमा कमला श्रेष्ठ, मामाघरको हजुरआमा मन्जु जिसी लगायतको उपस्थितिमा सोमबार बालगृहलाई १२ हजार ५०५ रुपैयाँ सहयोग प्राप्त भएको बालगृहले जनाएको छ । सोही अवसरमा बालगृहका बालबालिकालाई मिष्ठान्न भोजनको समेत प्रवन्ध मिलाइएको थियाे ।

त्यसैगरी, नेकपा माओवादी केन्द्र सर्लाहीका तत्कालिन जिल्ला इन्चार्ज डाचाराज वाग्लेको पहिलो स्मृतिमा उनको परिवारले सोमबार घुर्कौलीको सो बालगृहमा भोजनको प्रवन्ध गरेको छ । स्वर्गिय वाग्लेकी पत्नी सरस्वती मिश्र वाग्ले लगायतले बालगृहमा पुगेर त्यहाँ आश्रित बालबालिकालाई भोजनको व्यवस्था मिलाएका हुन् ।