logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

भारतीय सिमाक्षेत्रबाट ´ट्रेडमिल` मेशिन बरामद


  • उज्यालो अभियान

सदरमुकाम मलंगवा स्थित गाेरखकाली सिमा प्रहरी चाैकी । (तस्बिर : उज्यालाे अभियान)

ब्रम्हपुरी – भारतबाट भन्सार छलेर अवैध रूपमा नेपालतर्फ भित्र्याउँदै गर्दा प्रहरीले ट्रेडमिल मेशिन बरामद् गरेकाे छ ।

जीमहलमा दाैडन प्रयाेग हुने उक्त मेशिन साेमबार राती पाैने १० बजे ब्रहम्पुरी गापा-४ स्थित भारतीय सिमाक्षेत्रबाट ल्याउँदै गर्दा प्रहरी गस्तीटाेलीले बरामद् गरेकाे हाे । गस्ती टाेलिलाई देख्नेबितिकै मेशिन ओसार्ने मानिसहरु भने फरार भएकाे प्रहरीले जनाएकाे छ ।

करिब ८० हजार रूपैंया मूल्य पर्ने उक्त मेशिन हाल जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएकाे छ । मंगलबार कार्यालय खुलेपछि आवश्यक कार्बाहीका लागि उक्त मेशिन भन्सार कार्यालयलाई बुझाईने प्रहरीले जनाएकाे छ ।