logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

चन्द्रनगरमा ४ दिनपछि विद्युत सुचारु


  • उज्यालो अभियान

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिकासहितका क्षेत्रमा आइतबार ४ दिनपछि बिजुली बत्ती सूचारु भएको छ ।

त्यस क्षेत्रमा गएको बिहीबार राती वर्षा भएपछि बत्ती अवरुद्ध भएको थियो । ४ दिनसम्म बिजुली अवरुद्द हुँदा स्थानीयलाई मोवाइल चार्ज गर्नदेखि बिजुलीबाट हुने अन्य काम गर्न समस्या परेको थियो ।

आइतबार बल्ल बत्ती सूचारु भएपछि स्थानीयले राहत महसुस गरेका चन्द्रनगर गाउँपालिका-२ बबरगंजका शिवनाथ राउतले बताए । नेपाल विद्युत् प्राधिकरणको मलंगवा वितरण केन्द्रले बेलैमा मर्मतको काम नगर्दा स्थानीयहरु ४ दिनसम्म विद्युत विहीनभई अन्धकारमा बस्नुपरेको हो ।

मलंगवा वितरण केन्द्रका प्रमुख विनोद कुमार यादवले कविलासीदेखि पूर्वतर्फ खोलामा बिजुलीको पोल भाँचिएको र आइतबार पोल फेरेर बत्ती सूचारु गरिएको बताए । वितरण केन्द्र प्रमुख यादवले मलंगवा वितरण केन्द्र अन्तर्गत धनकौल, डुमरिया, चक्रघट्टा लगायतका स्थानमा पनि बिजुलीको पोल भाँचिएकाले सबैतिर बनाउँदा बनाउँदै समय लागेको र अहिले सम्पूर्ण क्षेत्रमा बत्ती सूचारु भइसकेको जानकारी दिए ।