logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

मलंगवाबाट विष्फाेटक पदार्थ बरामद


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवाबाट प्रहरीले बिष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

सीमापारि भारतबाट नेपाल पैदल आउँदै गरेका मानिसले टाउकोमा बोकेर ल्याएको दुई बोरा पटाका जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट गस्तीमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो । लुकिछिपी पटाका ल्याउने मानिस भने प्रहरीलाई देख्नासाथ फरार भएका छन् । बरामद गरिएको करिव २५ हजार रुपियाँ बराबरको विष्फोटक पदार्थ पटाका जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ ।