logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

दुई दिनदेखिको वर्षा रोकियो


  • उज्यालो अभियान

लालबन्दी – २ दिनदेखिको वर्षा रोकिएपछि सर्लाहीको जनजीवन सामान्य बनेको छ ।

यस क्षेत्रमा शनिबार दिउँसोबाट पानी पर्न रोकिएको हो । गत बिहीबार रातीदेखि भइरहेको वर्षा रोकिएर शनिबार दिउँसोबाट घाम लाग्न थालेको छ । २ दिनसम्म निरन्तर झरी पर्दा सर्वसाधारणको दैनिकी नै प्रभावित बनेको थियो । पानी पर्न रोकिएपछि मानिसहरु नियमित काममा फर्किएका छन् । सडक, बजारमा मानिसको चहलपहल बढेको छ । वर्षाले जिल्लाको हुलाकीसहित अन्य भित्री सडकहरु हिलाम्मे भएका छन् । यसैगरी, भत्किएर जिर्ण बनेको पूर्व–पश्चिम राजमार्गको विभिन्न स्थानमा फेरि खाल्डाखुल्डी बढेका छन् ।

फोटो क्याप्सन : झरी रोकिएर उघ्रिएपछि देखिएको सर्लाहीको दृश्य । (तस्बीर : उज्यालो अभियान)