फाईल तस्बिर
जुटपानी – सर्लाहीको लालबन्दी नगरपालिका–२, स्थित जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा शनिबार दुई दिदीबहिनीले खाद्यान्न सहयोग गरेका छन् ।
बागमती नगरपालिका–८, निवासी देवमाया कार्की र कृष्ण माया कार्कीले स्वर्गिय बुवा वीरबहादुर खड्का र आमा शिवमाया खड्काको वार्षिक पुण्य तिथीमा शनिबार बिहान आश्रमलाई खाद्यान्न उपलब्ध गराएका हुन् । उनीहरुले आश्रममा ५० केजी चामल, ५ केजी दाल, २ कार्टुन फ्रुटी, चिनी लगायतका खाद्यान्न सहयोग गरेका आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।