हरिपूर्वा नगरपालिका कार्यालय ।
हरिपूर्वा – बाँके–संग्रामपुर सडक अन्तर्गत सर्लाहीको हरिपूर्वामा सडक निर्माणका विषयमा विवाद भएपछि शुक्रबार प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र हुलाकी सडक आयोजना जनकपुरका प्रमुख कृष्णदेव महताले स्थलगत निरीक्षण गरेका छन् ।
विवादपछि कामै रोकिएपछि शुक्रबार त्यहाँ पुगेर वस्तुस्थिति बुझ्ने काम गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । हरिपूर्वा नगरपालिका–१ र २ को सीमामा सडक निर्माणको मापदण्डलाई लिएर विवाद छ । स्थानीय बेचु साह, गगनदेव साह लगायत केहीको घर सडकमा परेपछि उनीहरुले क्षतिपूर्ति दिए मात्रै घर भत्काउने बताएका छन् । जसका कारण त्यस ठाउँमा सडक निर्माणको काम रोकिएको छ । त्यहाँको सडक सम्वन्धी विवादको मुद्दा सर्लाही जिल्ला अदालतमा समेत परेको छ ।