लालबन्दी – तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा सर्लाहीको लालबन्दी नगरपालिकाले पनि दुई दिन सार्बजनिक बिदा दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले मंगलबार एक सूचना निकालेर सोनाम ल्होसरको अवसरमा माघ १९ र २० गते दुई दिन लालबन्दी नगरभित्र सार्बजनिक बिदा दिइएको जानकारी गराएका हुन् । यसअघि हरिवन नगरपालिकाले पनि सोनाम ल्होसारको अवसरमा माघ १९ र २० गते सार्बजनिक बिदा दिने घोषणा गरिसकेको छ ।
यसैबीच बुधबार देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा बुधबार १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले सूचना निकालेर बुधबार १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक संघसंस्था बन्द रहने जानकारी दिएको छ ।