logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कांग्रेसले गर्यो ल्होछारको शुभकामना आदानप्रदान


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–८, चापिनीमा तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवसरमा आईतबार शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

नेपाली कांग्रेस हरिवन नगरपालिका ८ नम्बर वडा समितिले तामाङ समुदायको राष्ट्रिय पर्व २८५८ औँ ताक/च्यान ल्हो सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । वडा सभापति धनराज बुढाथोकीको अध्यक्षता तथा नगर सभापति रामशरण उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कांग्रेस नेताहरु रामप्रसाद मैनाली, डाकुरनाथ खतिवडा, निरोज कार्की, विनोद कार्की, डोरप्रसाद भट्टराई, सोनी बोम्जन लगायतले विचार व्यक्त गरेका थिए । कार्यक्रम सुमन मोक्तानले संचालन गरेको कांग्रेस युवा नेता युगल सुवेदीले जानकारी दिए ।

यसैबीच, नेपाल तामाङ घेदुङ हरिवन नगर समितिले सोनाम ल्होछारको अवसरमा नगरभित्र सार्वजनिक बिदा दिन माग गर्दै आईतबार हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईलाई ज्ञापन पत्र बुझाएको छ । घेदुङका नगर अध्यक्ष राजु लोद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा तामाङ समुदायले सोनाम ल्होसार पर्व माघ १९ गते बुधबार धुमधामसँग मनाउँदै छन् ।