logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

आगाेले पाेल्दा गर्भवती महिला घाईते


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

विष्णु – आगाेले पाेल्दा भारतीय सिमावर्ती सर्लाहीकाे विष्णु गाउँपालिकामा एक गर्भवती महिला घाईते भएकी छिन् ।

बिष्णु गापा-७ निवासी गणेश रायकी श्रीमती २० वर्षीया प्रतिमा देवी राय आफ्नै घरभित्र आगाे ताप्ने क्रममा शनिबार राती ९ बजे जलेकी हुन् । खाना पकाउने चुलोमा परालको आगो ताप्ने क्रममा साडीमा आगो सल्किन गई प्रतिमाकाे कम्मरभन्दा मुनी दुवै खुट्टा पोलेर घाईते भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । प्रतिमाकाे जिल्ला अस्पताल मलंगवामा उपचार भईरहेकाे छ ।