logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

वृद्दाश्रममा भोजन


  • उज्यालो अभियान

फाईल तस्बिर

जुटपानी – सर्लाहीको लालबन्दी नगरपालिका–५, का ऋषिराम दाहालले सोमबार पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीका वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएका छन् ।
दाहालले छोरी सविना दाहालको जन्मदिनको अवसर पारेर लालबन्दी नगरपालिका–२, जुटपानी स्थित आश्रममा शरण लिएर बस्ने बुवाआमाहरुलाई एक छाक भोजन गराएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् । यस्तै, सोमबार नै उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरका प्रमुख प्रमोद अधिकारीले आश्रमका वृद्धवृद्धालाई आगो ताप्नका लागि दाउरा उपलब्ध गराएको आश्रमले जनाएको छ ।