logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कर्मचारीमा कोरोना देखिएपछि नबिल बैंक बन्द


  • उज्यालो अभियान

हरिवन – कर्मचारीहरु कोरोना संक्रमित भएपछि सर्लाहीमा बैैंक तथा वित्तीय संस्थाहरुले सेवा बन्द गर्न थालेका छन् ।

सोही क्रममा केही कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि हरिवनस्थित नबील बैंकको शाखाले सोमबारबाट केही दिनका लागि आफ्नो सेवा बन्द गरेको छ । बैंकले सोमबार सूचना टाँसेर सेवा बन्द गरिएको जानकारी गराउँदै अति आवश्यक परेको खण्डमा ग्राहकलाई नजिकैको शाखा रौतहटको चन्द्रपुर वा महोत्तरीको बर्दिवासमा जान आग्रह पनि गरेको छ ।