logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

गाँजा सहित श्रीमान श्रीमति पक्राउ


  • उज्यालो अभियान

फाइल तस्बीर ।

हरिवन – लागूऔषधको रुपमा प्रयोग हुने गाँजा ओसारिरहेको अवस्थामा एक जोडी श्रीमान श्रीमति पक्राउ परेका छन् ।

बागमती नगरपालिका–१२ कर्मैया निवासी ३८ वर्षीय रुद्रबहादुर अधिकारी र उनकी श्रीमति ३० वर्षीया रिचा अधिकारीलाई गाँजा सहित ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले पक्राउ गरेको हो । शनिबार राती १० बजे हरिवन नगरपालिका–८ पुरानो बजार स्थित भित्री सडकखण्डबाट अधिकारी दम्पतिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पूरानोबजारबाट पश्चिमतर्फ जाँदै गरेको बा. ६८ प ४९७२ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा कालो झोलामा लुकाएर राखेको अवस्थामा ५ किलो गाँजा सहित अधिकारी दम्पतिलाई पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ ।