logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

दाहालद्वारा जन्मदिनमा बालगृहलाई खाद्यान्न सहयाेग


  • उज्यालो अभियान

हरिवन – हरिवन नगरपालिका-८ चापिनी निवासी एक युवाले आफ्नाे जन्मदिनकाे अवसरमा बालगृहमा आश्रित बालबालिकाहरुलाई खाद्यान्न सहयाेग गरेका छन् ।

हरिवन-८, चापिनी निवासी विमल दाहालले आफ्नाे जन्मदिनकाे अवसरमा मंगलबार बिहान हरिवनकाे घुर्काैली स्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहमा खाद्यान्न सहयाेग गरेका हुन् । केही वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा साउदीमा कार्यरत दाहालले हरिवनका युवाहरु धनराज बुढाथाेकी, युवराज भण्डारी लगायतकाे हातबाट २१ हजार ५५० रूपैंया बराबरकाे चामल, दाल लगायत खाद्यान्न सामग्री सहयाेग गरेका हुन् । जन्मदिनकाे अवसरमा स-साना बालबालिकालाई सम्झिएर खाद्यान्न सहयाेग गर्ने दाहालप्रति बालगृह सञ्चालक संस्था चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाले हार्दिक आभार प्रकट गरे ।