लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१० स्थित आधारभूत विद्यालय चन्द्रपुरमा गाउँलेको सहयोगमा बुधबारबाट सरस्वती मन्दिर निर्माण गर्न सुरु गरिएको छ ।
उक्त मन्दिरको बुधबार बिहान लालबन्दी १० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठले शिलान्यास गर्नुभएको हो । आगामी सरस्वती पूजासम्म मन्दिर तयार पार्ने लक्ष्यसहित निर्माणको काम अघि बढाइएको स्थानीय नवजागृति युवा क्लबका सचिव उदय पाख्रिनले जानकारी दिए ।
पाख्रिनले सहयोग जुटाएर मन्दिर निर्माणको काम फटाफट अघि बढाइने बताएका छन् ।