logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पिपलदमारका १४८ जना विद्यार्थीलाई विद्यालय ब्याग वितरण


  • उज्यालो अभियान

घारिबथान – सर्लाहीको चुरेभेगस्थित दुर्गम क्षेत्रमा पर्ने ईश्वरपुर नगरपालिका–१२, पिपलदमारमा आइतवार १४८ जना विद्यार्थीलाई विद्यालय ब्याग वितरण गरिएको छ ।

श्याम श्रेष्ठ संरक्षक रहेको स्वर्णिका श्रेष्ठ स्मृति प्रतिष्ठान सर्लाहीले पिपलदमारमा रहेको आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री बोक्ने एक÷एक थान विद्यालय ब्याग प्रदान गरेको हो । माओवादी केन्द्रका नेता समेत रहेका संरक्षक श्रेष्ठ, माओवादी केन्द्रका नेताहरु कमल बुढाथोकी, रामपृत यादव, लेखाराम जर्गा मगर, वाइसिएल ईश्वरपुरका नगर अध्यक्ष सन्तोष पुलामी, माओवादी केन्द्रको ईश्वरपुर १२– घारिबथानका वडा कमिटी अध्यक्ष सुवास खड्का, समाजसेवी शिक्षक रामजी खनाल लगायतको उपस्थितिमा विद्यार्थीहरुलाई ब्याग प्रदान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर डिमडुङ, प्रधानाध्यापक पूर्णबहादुर बोम्जन र अन्य शिक्षकहरुको उपस्थितिमा विद्यार्थीहरुलाई आइतवार दिउँसो विद्यालयमै पुगेर ब्याग हस्तान्तरण गरिएको प्रतिष्ठानका संरक्षक श्रेष्ठले बताए । विद्यालय ब्याग पाएपछि दुर्गम भेगमा पर्ने त्यस ठाउँका विद्यार्थी खुसी भएका छन् ।

पूर्व–पश्चिम राजमार्गस्थित बाँके चौक वा फूलजोरबाट घारिबथान हुँदै बाँके खोलैखोला जानुपर्ने पिपरदमार लालबन्दी बजारबाट झण्डै ४२ किलोमिटर दूरीमा पर्छ ।