बागमती – बागमती नगरपालिका–४, जिरायतमा चलिरहेको तेस्रो मेयर कपमा आइतवार वडा नं. ५ बिजयी भएको छ ।
वडा नं. १० शंकरपुरलाई ३–० गोलले पराजित गर्दै वडा नंं. ५ राजघाट बिजयी भएको हो । आइतवारको खेलमा बिजेता टिम वडा नं. ५ को जर्सी नंं. १३ का विमल घिसिङ म्यान अफ दि म्याच घोषित भएका संचारकर्मी राजु लो तामाङले जानकारी दिए । प्रतियोगितामा सोमवार वडा नं. ११ र १२ ले प्रतिस्पर्धा गर्ने छन् ।
बागमती नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय ऊँ युवा क्लबले प्रतियोगिता आयोजना गरिरहेको हो । प्रतियोगिताको बिजेताले ५१ हजार र उपबिजेताले २५ हजार नगद पुरस्कारसहित शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको छ ।