प्रतिकात्मक तस्बिर ।
लालबन्दी – सर्लाही सदरमुकाम मलंगवामा चार दिनअघि बेवारिसे अवस्थामा फेला परेको शवको सनाखत भएको छ ।
गएको शनिवार मलङ्गवा नगरपालिका–७, गणेशियास्थित नहरमा बेवारिसे शव फेला परेको थियो । उक्त शव लालबन्दी नगरपालिका–५, शान्तिटोल बस्ने २९ वर्षीय रामपुकार महतोको रहेको खुलेको हो ।
मृतकका परिवारले शवको सनाखत गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले मृतकको शव जिल्ला अस्पताल मलङ्गवामा पोष्टमार्टम पश्चात आज बिहान परिवारले बुझिसकेका जानकारी दिए ।
महतोको मृत्युको कारणबारे अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए । मृतक महतोले लालबन्दीमा मोवाइल पसल संचालन गर्दै आएका थिए ।