बयलवास – सर्लाहीको ईश्वरपुरमा बीचमै पढाई छाडेका बालिकाहरुलाई पुनः विद्यालय भर्ना गराउन साइकल वितरण गरिएको छ ।
आर्थिक समस्या र अन्य कारणले केही कक्षा पढेर विद्यालय छाडेका बालिकाहरुलाई विद्यालय फर्काएर अध्ययनलाई निरन्तरता दिने उद्देश्यले सेभ द चिडे«नको सहयोगमा साइकल, विद्यालय झोला, पोसाक, स्टेशनरीसहित अन्य समानहरु वितरण गरिएको हो । वुधवार ईश्वरपुर नगरपालिका–६, स्थित नारायण माध्यमिक विद्यालय केशरगन्जमा नगरभरीका ५९ जना छात्राहरुलाई १४००९ रुपैयाँ बराबरको साइकल र अन्य सामग्री सहयोग गरिएको समन्वयकारी संस्था ग्रामीण नारी उत्थान सङ्घ हरिपुरका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए ।
उपाध्यक्ष चालिसेसहित ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटा, उपमेयर एकावती देवी चौधरी, सेभ द चिडे«ेनका रचना थापा र प्रविण चौधरी, ग्रामीण नारी उत्थान सङ्घका सचिव सूर्य चालिसे, नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक फडिराज बराल लगायतको उपस्थितिमा बालिकाहरुलाई सामग्री वितरण गरिएको हो ।
सेभ द चिड्रेनले गत वर्ष पनि विद्यालय छाडेका आठ जना छात्रालाई पुनः विद्यालय फर्किएर अध्ययन गर्न सहजहोस् भन्ने उद्देश्यले यसैगरी साइकल सहितका सामग्री सहयोग गरेको थियो ।