logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मलेसियामा रहेका युवाद्वारा क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग


  • उज्यालो अभियान

चक्रघट्टा – वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका युवाहरुले सर्लाहीको चक्रघट्टाकी एक क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेका छन् ।

युवाहरुले गठन गरेको सक्रिय सहयोगी समाजमार्फत चक्रघट्टा गाउँपालिका–४, निवासी बसिर सेखकी श्रीमती अमिरुल खातुनलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् । संचारकर्मी राधेश्याम कुशवाहाको पहलमा क्यान्सर पीडित खातुनलाई आर्थिक सहयोग जुटेको हो ।

खातुनको परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र पैसाको अभावमा उपचार गर्नै समस्या भइरहेको थाहा पाएपछि आफूले विभिन्न मनकारी व्यक्ति र वैदेशिक राजेगारीमा रहेका नेपाली दाजुभाईहरुको सहयोगमा अहिलेसम्म डेढ÷दुई लाख रुपैयाँ जुटाएर हस्तान्तरण गरिसकेको संचारकर्मी कुशवाहाले बताए ।