logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

भुमी व्यवस्था आयोग खारेजको विरुद्धमा दुई दिनदेखि रिले अनसन


  • उज्यालो अभियान

लालबन्दी – सरकारले भुमी व्यवस्था आयोग खारेज गरेको विरुद्धमा सर्लाहीको लालबन्दीमा दुई दिनदेखि रिले अनसन जारी छ ।

भूमिहिन सुकुम्वासी नेपाली नागरिक एक हौँ ! भन्ने नारासहित हिजोबाट लालबन्दी नगरपालिका वडा नं. ६ स्थित जनवादी चौकको पिपर चौतारा परिसरमा रिले अनसन सुरु गरिएको हो । आयोग खारेज गरेर सरकारले भूमिहन सुकुम्वासीलाई जग्गाविहिन कै अवस्थामा राख्ने काम गरेकाले आफूहरु रिले अनसनमा बसेको अनसनका अगुवा एवं लालबन्दी नगरपालिका–६, का वडाध्यक्ष उज्वल कुमार कार्कीले जानकारी दिए ।

आज अनसनको दोस्रो दिन नेकपा एमालेकी केन्द्रीय सदस्य कमला देवी महतो, अखिल नेपाल महिला संघ (अनेमसंघकी) केन्द्रीय सदस्य एवं प्रदेश २ की सचिव कल्पना कटुवाल लगायतले सहभागी भई एैक्यवद्धता जनाएका भएको कार्कीले बताए । सरकारले केही दिनअघि मन्त्रीपरिषद्बाट निर्णय गरी देवी ज्ञवाली नेतृत्वको भूमी व्यवस्था आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

सरकारले भने सुकुम्वासीलाई जग्गाबाट बन्चित गर्ने उद्देश्य नभई आयोगका पदाधिकारीमा एमालेका कार्यकर्ता मात्रै भर्ती गरिएका कारण खारेज गरिएको जवाफ दिएको छ ।

सर्लाहीमा राज कुमार राय यादवको नेतृत्वमा गठन भएको उक्त आयोगले २० वटै पालिकासँग सम्झौता गरिसकेको थियो भने हरिवन र बागमती नगरपालिकामा जग्गा नापजाँचको काम समेत सुरु गरेको थियो ।