हरिवन – सर्लाहीको हरिवन नगरपालिका-६, चारलिकमा सुक्रवार बालगंगा जनता सामुदायिक वनको कार्यालय भवन शिलान्यास गरिएको छ ।
वन उपभोक्ता समिति आफैले आफ्नो आम्दानी र सहयोग जुटाएर भवन बनाउन लागेको निर्माण समितिका अध्यक्ष गुणराज उप्रेतीले जानकारी दिए ।
वनको कार्यालय भवनको हरिवन नगरपालिका ६ र ७ का वडाध्यक्ष क्रमश ः प्रल्हाद बुढाथोकी र नेत्रप्रसाद मैनाली, वन उपभोक्ता समितिका अध्यक्ष केशव प्रसाद मैनाली लगायतको उपस्थितिमा शिलान्यास गरिएको हो ।
यस्तै, सुक्रवार ईश्वरपुर नगरपालिका-९, मा ईश्वरपुर बेला माध्यमिक विद्यालयको चार कोठे भवनको नगर प्रमुख मनोज कुमार देवकोटाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको वडाध्यक्ष अमिरीलाल साहले बताए ।
यसैगरी, बागमतीका नगर प्रमुख भरत कुमार थापाले सुक्रवार नगरको एक विद्यालय भवनको शिलान्यास गर्नुभएको छ ।
अहिले आर्थिक वर्षको अन्तिममा विभिन्न योजना अन्तर्गत भवन तथा सडक पुल पुलेसाको शिलान्यास गरेर धमाधम निर्माणको काम चलिरहेको छ ।