logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

मोटरसाइकल दुर्घटनामा शक्त घाईते युवकलाई हेलिकप्टरबाट काठमाण्डौं लगियो


  • उज्यालो अभियान

घाईते युवकलाई काठमाण्डौं लान लालबन्दीस्थित डुमडुमे मन्दिर छेउमा रोकिएको हेलिकप्टर । तस्बीर : उज्यालो अभियान

लालबन्दी – मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाईते भएका एक युवकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको छ ।

सुक्रवार बिहान जिल्लाको ईश्वरपुर नगरपालिका-७, धनपती डाँडामा बा ५० प ४४०२ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा हरिपुर नगरपालिका-८, ईन्द्रपुर बस्ने ३५ वर्षीय दानबहादुर श्रेष्ठ गम्भीर घाईते भएका थिए ।

घाईते श्रेष्ठलाई ईश्वरपुरस्थित अमृत हेल्थ केयर बयलवासमा प्राथमिक उपचार गरी लालबन्दी सिटी हेल्थ केयर लालबन्दी ल्याइएको थियो ।

यहाँबाट पनि उनलाई सामान्य उपचार गरी थप उपचारका दिउँसो अल्टिटिउड एयरको हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगन्ज, काठमाण्डौं रेफर गरिएको प्रहरीले जनायो ।