logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आश्रममा दुई मनकारीले खाद्यान्न सहयोग गरे


  • उज्यालो अभियान

जुटपानी – सर्लाहीको लालबन्दी नगरपालिका-२, जुटपानीमा रहेको पद्म-भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा बिहिवार दुई जना मनकारी व्यक्तिले खाद्यान्न सहयोग गरेका छन् ।

बेसहारा वृद्धवृद्धाको पालनापोषण गरिरहेको आश्रममा खाद्यान्नको अभाव नहोस् भन्ने उद्देश्यले नेपाली काँगे्रस सर्लाहीका उपसभापति सुरेन्द्र सिंहले खाद्यान्न सहयोग गरेका हुन् । धनकौल गाउँपालिका निवासी सिंहले आश्रमका लागि २५० किलो चामल, ५० किलो आलु, एक बोरा प्याज, एक कार्टुन तेल र एक कार्टुन चाउचाउ प्रदान गर्नुभएको आश्रमकी व्यवस्थापक भवानी कोइरालाले बताईन् ।

यस्तै, लालबन्दी नगरपालिका-१, नवलपुर निवासी कमल महतोले आफ्नो जन्मदिनको अवसरमा आश्रममा खाद्यान्न सहयोग गरेका छन् । उनले बिहिवार परेको आफ्नो २५ औँ जन्मोत्सवको अवसरमा आश्रममा २५ किलोको दुई बोरा चामल, ५० किलो आलु, एक बोरा चिउरा, एक कार्टुन स्याउ, एक क्यारेट आपँ, पाँच पोका मास्क र पाँच लिटर सेनिटाइजर प्रदान गरेका आश्रमकी व्यवस्थापक कोइरालाले जानकारी दिईन् ।

आश्रममा उक्त किसिमको सहयोग गर्न महतो आफू, बुवा सीताराम, आमा चित्ररेखा, श्रीमती काजल र साथीहरुसँगै पुगेका थिए ।